२९ जेष्ठ २०८३, शुक्रबार
Follow Us

पोखरेल र कार्कीलाई एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७४, मंगलवार २०:४२

लन्डन । गैरआवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको ‘एनआरएन अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७’ पत्रकारद्धय नविन पोखरेल र होम कार्कीलाई संयुक्त रुपमा दिइने भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिको आइतवार सम्पन्न बैठकले पोखरेल र कार्कीलाई सो पुरस्कार दिने निर्णय गरेको हो । छनोट समितिका अन्य सदस्यहरुमा पत्रकारद्वय बविता वस्नेत र भगीरथ योगी रहेका थिए।

कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेल मुलधारको नेपाली पत्रकारितामा विगत डेढ दशकदेखि नियमित क्रियाशिल छन् । उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन् ।

विशेष गरि मानवीय चासो र विकृति विसंगतिबारे रिर्पोटिंग गर्न चासो राख्ने पोखरेल आफ्नो व्यवसायिक दक्षता, मिलनसार र इमान्दारिताले बेलायतस्थित नेपाली समुदायमा स्वच्छ छवि बनाउन सफल पत्रकार मानिन्छन् ।

कार्कीले कतारमा लामो समय सम्म काम गरेका थिए । कान्तिपुर दैनिकमै कार्यरत कार्की खाडी क्षेत्रका नेपालीको विषयमा कलम चलाउने पत्रकार हुन् ।

एकलाख एक हजार रुपियाँ राशीको सो पुरष्कार पोखरेल तथा कार्की लाई संयुक्तरुपमा गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने आगामी विश्व सम्मेलनका क्रममा काठमाडौंमा प्रदान गरिने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ वेलायतका अध्यक्ष नरेश खपांगीले जनाए । पुरस्कारको औपाचारिक घोषणा पत्रकार महासंघले छिट्टै गर्ने भएको छ ।

धेरै पढिएको

slot gacor