खेल

पेनाल्टी मार्फत नेइमारको गोल

फ्रेन्च लिग वान फुटबलमा मोनाकोसँगको खेलमा लिग लिडर पेरिस सेन्ट-जर्मेन पिएसजी विजयी भएको छ।

लिग अन्तर्गत गएराति अवे मैदानमा भएको खेलमा मोनाकोलाई २-१ ले हराउँदै पिएसजीले दोस्रो स्थानको लियोनसँगको अंक दूरी ९ पुर्‍याएको हो। पिएसजीको जितका लागि एडिसन काभानी र नेइमारले एक एक गोल गरे।

मोनाकोका लागि जोएओ माउटिन्होले एक गोल फर्काए। १९ औं मिनेटमा काभानीको गोलबाट पिएसजीले पहिलो हाफमा १-० को अग्रता लियो। ५२ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै नेइमारले पिएसजीका लागि गोल गरे। ८१ औं मिनेटमा माउटिन्होले मोनाकोलाई एक गोल फर्काए। जितपछि पिएसजीको १४ खेलबाट ३८ अंक भएको छ। दोस्रो स्थानको लियोनको २९ अंक छ।

-डिसी नेपालबाट ।

About the author
nepalbritain news

nepalbritain news