६ श्रावण २०८३, बुधबार
Follow Us

विप्लवका दुई कार्यकर्ता झापाबाट पक्राउ

nepalbritain news
३ असार २०७६, मंगलवार ०२:३७

झापा : झापा प्रहरीले बिर्तामोड २ स्थित चारपानेबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पार्टीका झापा जिल्ला सदस्य चमलाल माझी र कुमार मैनाली छन्।

पक्राउ पश्चात उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताए।

‘विभिन्न स्थानमा बम राखेको मुद्दा दमक इलाकामा छ। त्यसले दमक इलाकामा लगिएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘अदालतबाट म्याद थप पनि भइसक्यो।’

उनीहरू पक्राउ पर्नासाथ विप्लव नेतृत्वको नेकपा झापाले विज्ञप्ति जारी गर्दै दुवै जना आफ्ना कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गरेको छ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको