११ कार्तिक २०८२, मंगलवार
Follow Us

भिरबाट लडेर ज्यान गयो

nepalbritain news
२१ माघ २०७४, आईतवार ०४:१५

रुकुम । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भिरबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीडबाट लडेर मृत्यु भएको हो। बाटोभन्दा करिब सय मिटर तल खसेको र उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ।
– रासस

धेरै पढिएको