ब्रेकिङ न्युज

भदौमा काँग्रेस महासमिति बैठक अनिश्चित

विराटनगर । नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित छैन भन्नुभयो ।

काँगे्रसका केन्द्रीय सदस्य लेखकले चिकित्सा शिक्षा सम्बन्धमा माथेमा आयोगले तयार गरेको प्रतिवेदनको आधार बनेको अध्यादेश प्रस्तुत भइसकेकाले अब वर्तमान सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने कारण स्पष्ट गर्नुपर्ने धारणा राख्नुभयो । नेता लेखकले स्वास्थ्यमा नागरिकको पहुँच हुने किसिमको चिकित्सा शिक्षा विधेयक ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता