२५ भाद्र २०८२, बुधबार
Follow Us

गाडीको ठक्करबाट कुवेतमा एक नेपालीको मृत्यु

nepalbritain news
२९ श्रावण २०७५, मंगलवार ०६:२७

कुवेत। कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका वडा न २ सोल्मा रबुटोल स्थायी घर भएका नीरबहादुर राईको गत बिहीबार गाडीको ठक्करबाट मृत्यु भयको हो।

राई बिगत १२ वर्षदेखि तान्जिप्को कम्पनीमा कार्यरत थिए। प्राप्त जानकारी अनुसार जिलिबमा बाटो काट्दै गर्दा तिब्र गतीमा आएको गाडीको ठक्करबाट उनको मृत्यु भएको हो। ४४ वर्षका राईको श्रीमती र एक छोरी छन्। राईको शव सबै प्रकृया पुराएर छिट्टै नेपाल पठाईने नेपाली राजदूतावास कुवेतले जनाएको छ।
रासस

धेरै पढिएको