ताजा खबर

श्रम स्वीकृतिका क्रममा सेवाग्राहीबाट १७ हजार घुस लिने प्रहरी पक्राउ

काठमाडौं । ताहाचल स्थित वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्विकृती लिने सिलसिलामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, कालीमाटी बाट खटिएको प्रहरी टोलीले निज प्रहरी जवान लोहारलाई १७ हजार घुसबापतको रकम लिएको अवस्थामा ताहचल स्थित श्रम कार्यालयबाट मंगलबार पक्राउ गरेको हो ।

निजलाई अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंबाट मंगलबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालमा प्राप्त हुन आएकोले तत्सम्बन्धमा अनुसन्धान कार्य भइरहेको आयोगले जनाएको छ ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news