कला तथा मनोरन्जन

स्थगीत भएको मातृभूमी कप चैत ३० गते हुने

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल खराव मौसमका कारण स्थगीत भएको थियो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सुचना सार्बजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् । नयाँ बर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगीताको तयारी भईरहेको छ । मंगलबारदेखी पुन कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।
प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने बताएको छ भने ईसेवा मार्फत टिकट खरिद गर्न सकिनेछ ।

About the author
nepalbritain news

nepalbritain news