ताजा खबर

हात्तीको दारासहित दुई जना पक्राउ

भादगाउँ । मध्यपुर थिमि–३ कौशलटारबाट प्रहरीले हात्तीको दारासहित दुई जनालाई पक्राउ गरेको छ।

अन्दाजी २५० ग्रामको एक थान हात्तीको दारासहित बिक्री गर्ने उद्देश्यले हिँडिरहेको अवस्थामा हाल काठमाडौँ स्वयम्भूस्थित सानो भर्याङ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–४ का ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका–५ का २३ वर्षीय भाष्कर पौडललेलाई आज साँझ पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए।

उनका अनुसार ती दुवै जनालाई परिसरको टोलीले जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news