ताजा खबर

सप्तरीमा ढिस्कोले पुरिएर एक युवकको मृत्यु

सप्तरी । सप्तरीमा माटोको ढिस्कोले पुरिएर आज सुनसरीका एक युवकको मृत्यु भएको छ।

राजविराज नगरपालिका– ७ को हाट बजारस्थित निर्माणाधीन भवनस्थलमा फाउण्डेशनका लागि खनिएको खाल्डोमा खसेर माटोले पुरिँदा सुनसरी भोक्राहा गाउँपालिका शिवगञ्ज बस्ने २८ वर्षीय अरसद अलीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर छातीमा र पिँठ्यूमा गम्भीर चोट लागी घाइते अलीको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शव धरानस्थित प्रतिष्ठानमा परीक्षणका लागि लगिएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news