मुख्य समाचार

सिके राउत नेतृत्वको गठबन्धन फुट्यो

स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गरेका डा. सिके राउत खुला राजनीतिमा आएलगत्तै राउत नेतृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ ।
मोर्चाका अध्यक्ष डा.मुक्ति र गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले बिहीबार एकीकरण भएको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्