१७ असार २०८३, बुधबार
Follow Us

भूपू गोर्खाद्धारा ग्वार्कोको आकासे पुलबाट हाम्फालेर आत्महत्या

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार ११:५७

लण्डन । एक भूपू ब्रिटिस सैनिकले आत्महत्या गरेका छन् । बिहीवार बिहान ललितपुरको ग्वार्कोस्थित आकासे पुलबाट हाम्फालेका कीर्तिमान राईको मृत्यु भएको हो।

आकासे पुलबाट आज बिहान करिब ६ बजेर १० मिनेटमा राईले हाम्फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ‘
ताप्लेजुङको हाङपाङ २ घर भएका ६० वर्षीय राईको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो।

मृतक राई पूर्व ब्रिटिस आर्मी हुन्। उनी कोटेश्वरमा श्रीमतीसँगै बस्दै आएको खुलेको छ।

राईका छोराछोरी भने बेलायतमा नै बस्दै आएका छन्।

धेरै पढिएको