९ कार्तिक २०८२, आईतवार
Follow Us

सोह्रखुट्टेमा ट्यांकरले दियो ६ गाडीलाई ठक्कर, रोकियो घरमा ठोक्किएर

nepalbritain news
१५ पुष २०७६, मंगलवार ०७:१७

काठमाडौं सोह्रखुट्टेमा ब्रेक फेल भएको एक पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिएको छ।

मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ‌ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएको थियो। ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ।

ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे असई बसन्त थापाले जानकारी दिए।

उनका अनुसार ट्यांकर चालक फरार छन्। उनको खोजी भइरहेको छ।

सेतोपाटी

धेरै पढिएको