२ आश्विन २०८२, बिहीबार
Follow Us

चीनबाट नेपालीलाई फर्काउन अझै केही दिन लाग्ने

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७६, शुक्रबार ०६:०७

काठमाडौं । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने भएको छ । फर्काउने विद्यार्थी र नागरिकलाई राख्ने ठाँउ टुंगो लागेपनि प्राविधिक तयारी गर्न बाँकी रहेकाले थप समय लाग्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इचङ्गुनारायणमा रहेको सुकुम्बासी आवास भवन, शिवपुरीको सैनिक ब्यारेक, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरण तालिम केन्द्र र सूर्यविनायकको सैनिक ब्यारेकमा त्यसका लागि तयारी भइरहेको छ ।

नेपाल फर्कनेलाई विश्व स्वास्थ्य सङ्गठनले तय गरेको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी सरकारको छ । चीनबाट फर्कन आवेदन दिएका १ सय ८० जनालाई कहाँ, कति जनाका दरले राख्ने भन्ने तय गरी त्यसै अनुसारको कक्ष बनाउनुपर्ने भएकाले त्यसका लागि कम्तिमा दुई दिन समय लाग्ने मन्त्रालयले जनाएको छ ।

राख्ने स्थानमा आजैबाट प्राविधिक तयारी अघि बढने मन्त्रालयले जनाएको छ । सम्भावित बिरामीलाई लक्षित गरी ४३ शैय्याको कक्षपनि स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा मन्त्रालयले राखेको छ ।

धेरै पढिएको