मुख्य समाचार

भैसेमा सुमो दुर्घटना: ३ जनाको मृत्यु, ७ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैसेमा आज  बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

बिहान करिब ८:३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैसे खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।

सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनापछि उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकामध्ये तीन जनाको मृत्यु भएको र अन्य सात जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम