मुख्य समाचार

कांग्रेसले आज अर्थविद्सँग छलफल गर्दै

काठमाडौं । कोरोना भाइरसपछिको अर्थतन्त्रका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज अर्थविद्सँग छलफल गर्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो दुई बजेपछि कांग्रेसले छलफल आयोजना गरेको हो ।

सो क्रममा कोरोना संकटपछिका अथतन्त्रको बाटो र वर्तमान सरकारको लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

बैठकमा पूर्व अर्थमन्त्रीहरु समेत सहभागी हुनेछन् । बैठकका लागि योजना आयोगका पूर्व उपाध्यक्षहरु डा शंकर शर्मा, डा स्वर्णीम वाग्ले, डा गोविन्द पोखरेल, जगदिशचन्द्र पोखरेल लगायतलाई बोलाइएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता