३० पुष २०८२, बुधबार
Follow Us

थप ११२ जना कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७७, बिहीबार १०:५८

काठमाडौं । नेपालमा आज थप ११२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३४११ जनाको गरिएको पीसीआर परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ८४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार २ सय २३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २७६७ रहेको छ ।

धेरै पढिएको