रामेछाप । शिक्षकको अभावमा विद्यालयमा पठनपाठन नहुँदा समस्या हुने गरेको कुरा त बाक्लै सुनिन्छ , तर शिक्षक र बिद्यार्थी बरावर भएको कुरा सुन्दाआश्चर्य लाग्न सक्छ । यस्तै आश्चर्य लाग्ने गरी शिक्षकको संख्या र विद्यार्थीको संख्या बरावर भएको विद्यालयमा विद्यार्थी पढाएर बसेका छन् रामेछापको एक विद्यालयका शिक्षक- शिक्षिकाहरु ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको ककनी आधारभूत विद्यालयमा यहाँका ३ जना शिक्षकले ३ जनाविद्यार्थी पढाइ रहेकाछन् । ०५१ सालमा स्थापना भएको यस विद्यालयमा सोमबार विद्यालय समयमाजम्मा ३ जना विद्यार्थीलाई एउटै कोठामा राखेर ३ जना शिक्षकले पढाइरहनु भएको थियो ।