ताजा खबर

छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दो छ, भीडभाड नगर्नुस्: स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुकमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण बढ्दो क्रममा देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै नेपामा संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी सेमिनायर, बैठक भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्न आग्रह गरेको हो ।

त्यस्तै मन्त्रालयले समाजिक/भौतिक दुरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रो सँग हात धुने, सेनिाटाइजरको प्रयोग लगायतका विगतमा जारी गरिएका अन्य स्वास्थ्य मापदण्डहरु समेत पालना गर्न अनुरोध गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता