ताजा खबर

कोरोना संक्रमणबाट एमाले डोल्पाका अध्यक्ष रोकायाको मृत्यु

काठमाडौं । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान निधन भएका प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्याक्वारी बोहराले जानकारी दिइन् । २०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका रोकायाको पशुपति आर्याघाटमा आजै दाहसंस्कार गरिने भएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता