ताजा खबर

कांग्रेस नेता पौडेलले आफुनिकट केन्द्रीय सदस्यलाई छलफलमा बोलाए

काठमाडौं । चौधौं महाधिवेशनको तयारीका कारण अहिले नेपाली कांग्रेसमा राजनीतिक सरगर्मी बढेको छ । नेताहरु विभिन्न स्तरका छलफल र बैठकमा ब्यस्त बनिरहेका छन ।

यही मेसोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका छन्। नेता पौडेलले आज दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा भेला बोलाएका हुन्।

महाधिवेशनको सरगर्मी बढेसँगे नेताहरूले छलफललाई तिव्रता दिएका छन्। सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सक्रियता बढाएसँगै बरिष्ठ नेता पौडेलले पनि सक्रिय बनेका छन्।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता