ताजा खबर
पत्नीको जन्मदिनमा छमछमी नाचे ओली (भिडियो)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाच्नु भएको छ । मत भाग्यमानी कति भाग्यमानी गीतमा कम्मर मर्काएर ओली नाच्नुभएको हो । ओली नाचेको ३० सेकेण्डको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल छ । शाक्यको जन्मदिन ओली निवास बालकोटमा पार्टीका केही नेता कार्यकर्ता र मानव सेवा आश्रमका मानिसहरुसँग मनाइएको थियो । शाक्यको जन्मदिनमा व्यवसायी दुर्गा प्रसाइ समेत देखिएका थिए ।
https://twitter.com/i/status/1430678974561017857

