९ जेष्ठ २०८१, बुधबार
Follow Us

अमेरिकाले एमसीसी सुरक्षा नीतिसँग नजोडिएको लिखित दिनुपर्छ : नेपाल

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७८, शनिबार १३:०४

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालका लागि ठिक छ भन्ने पुष्टि भएपछि मात्रै पारित गर्ने बताएका छन् ।

बाँकेको नेपालगञ्जमा शनिबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजेडिएको लिखित दिनुपर्ने बताए । “सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन,” नेपालले भने ।

यो आयोजना विकासका लागि मात्र भएको लिखित नोट आएपछि मात्रै आफूहरुले समर्थन जनाउने बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण एमालेले सरकारको नेतृत्व गुमाउनु परेको बताए । नेपालले ओलीकै कारण आफूहरुले नयाँ पार्टी बनाउनु परेको बताए ।