१३ असार २०८१, बुधबार
Follow Us

चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई हटायो

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८१, बुधबार ०५:१३

काठमाडौँ । चेल्सीले प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई बर्खास्त गरेको छ । क्लबले यस सिजनमा सोचे जस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक पोचेट्टीनोलाई हटाएको हो ।

५२ बर्षिय अर्जेन्टिनी प्रशिक्षक पोचेट्टीनो २०२३ को जुलाईमा चेल्सीको प्रशिक्षक नियुक्त भएका थिए । यस सिजनमा चेल्सीको प्रदर्शन उतार चढावपूर्ण रहेको थियो ।

सिजनको अन्त्यतिर चेल्सीले आफ्नो प्रदर्शनमा सुधार गर्दै प्रिमियर लिगमा छैटौं स्थानमा यो सिजन समाप्त गरेको थियो । उनको नेतृत्वमा चेल्सीले खेलेका ५१ खेलमा २६ जित ११ बराबरी र १४ खेलमा हार बेहोरेको थियो ।

चेल्सीले छिटै नयाँ प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।