२० बैशाख २०८१, बिहीबार
Follow Us

गठबन्धन निर्वाचित तानाशाहविरुद्ध उभियो : राजेन्द्र पाण्डे

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७८, बिहीबार १२:०७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहविरुद्ध गठबन्धन उभिएको बताए । बाग्मती प्रदेशसभाको बिहीबारको बैठकमा उनले गठबन्धन निर्वाचित तानाशाहविरुद्ध उभिएकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसक्ने बताए ।

शाक्यलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै उनले मुख्यमन्त्री शाक्यविरुद्ध उभिनुपर्ने दिन आएको बताए । बिहीबारको जारी बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्दै प्रस्ताव पेस प्रस्तुत गरेकी छन् ।

उक्त प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।