४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

यस्तो छ एनआरएनएले नेपालमा ‘डलर खाता’ खोल्नको लागि नियम

नेपालब्रिटेन डट कम्
२३ पुष २०७८, शुक्रबार १९:३७

लण्डन । नेपाल सरकारले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई नेपाल सरकारले नेपाली बैँकहरुमा विदेशी मुद्रामा खाता खोल्न पाउने र सोबाट प्राप्त व्याज विदेशी मुद्रामै फिर्ता लैजान सक्ने नियम ल्याएको छ।

नयाँ नियमले प्रावधानले गैर आवासीय नेपालीहरुलाई नेपालसंग जोड्नुका साथै नेपालको अर्थतन्त्र चलायमान पार्न पनि मदत पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि गैरआवासीय नेपाली संघले सरकारलाई सो सुविधाको लागि आग्रह गर्दै आएको थियो । नयां नियमावली अनुसार ५ हजार डलर तिरेर नेपालमा खाता खोल्न सकिने छ । नेपालमा डलरमा खाता खोलेर विदेशमा सो पैसा ल्याउन नयां नियमले सुविधा दिने बताएको छ ।