२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन निर्वाचन : ५२ पदाधिकारीमा डा. केसीको पक्षमा दुई तेहाई बहुमत

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७८, आईतवार १९:५८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिवार सम्पन्न निर्वाचनमा अध्यक्ष डा. बद्री केसीको पक्षमा दुई तिहाई बहुमत पदाधिकारी चयन भएका छन् ।

गैरआवासीय नेपाली संघको १० महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको थियो ।

कुल ५२ पदाधिकारीमा अध्यक्ष डा. केसीको पक्षमा ३६ जना पदाधिकारी स्पष्ट रुपमा देखिएका छन् भने अर्की अध्यक्ष रविना थापाको सहयोग रहेमा उनको पक्षमा करिब ४१ जना पदाधिकारी रहने छन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन ।

यस्तै महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भए ।

कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन ।

यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहट्टा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन ।

संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११, महिला उपाध्यक्ष २, युवा उपाध्यक्ष २, महासचिव २, उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सहकोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष ३, युवा संयोजक २, महिला संयोजक २, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।