२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७८, सोमबार ०४:१७

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

संघका उपमहासचिव विनय अधिकारीका अनुसार संघको बैठक संघको केन्द्रीय कार्यालय बालुवाटारमा बस्न लागेको हो ।

संघको आइतवार सम्पन्न १० औं महाधिवेशनले डा. बद्री केसी, रविना थापा र कुल आचार्यको अध्यक्षतामा ९५ जना पदाधिकारीको चयन गरेको थियो । संघका पदाधिकारीहरुले आजै सपथ लिने कार्यतालिका तय गरिएको छ ।