१६ असार २०८१, शनिबार
Follow Us

खेम प्रसाईंको ‘शुभकामना’ म्युजिक भिडियो सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७८, शनिबार ०४:५४

काठमाडौं । शिक्षण पेसामा समेत रहेका गीतकार खेम प्रसाईंको नयाँ म्युजिक भिडियो शुभकामना सार्वजनिक गरिएको छ । महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको शुभकामना बोललको गीतामा दीपक लिम्बू र बेनिसा पौड्यालको स्वर छ । जसमा गीतकार खेम प्रसाईंको शब्द सृजना रहेको छ भने महेश खड्काले संगीत भरेका छन् ।

मिनाक्षी कोइरालाले निर्देशन गरेको शुभकामनाको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । जसमा प्रशान्त मगरको कोरियोग्राफी छ । उक्त म्युजिक भिडिओमा गीतकार प्रसाईं, संगीतकार महेश खड्का, रुक्सना लिम्बूलगायत कलाकारको अभिनय छ ।