२७ बैशाख २०८१, बिहीबार
Follow Us

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७३, सोमबार ०७:०३

काठमाडौं । अज्ञात समुहले त्रिभुवन विश्वविद्यालका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीको गाडीमा आगजनी गरेको छ । कुपण्डोलको बागमति पुल छेउमा रहेको युएनपार्क नजिकै त्रिपाठी चढ्ने गाडीमा आगजनी भएको हो । आगजनी कसले गरेको हो भन्ने खुलीसकेको छैन । आगजनीको विस्तृत विवरण आउन बाँकी रहेको ललितपुर प्रहरीले जनाएको छ । स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका संयोजक समेत रहेकी त्रिपाठीको जिपमा स्ववियु निर्वाचन प्रति असन्तुष्ट विद्यार्थी संगठनका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।