२२ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकी उच्चस्तरीय संसदीय टोली काठमाडौँमा

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७९, शनिबार ०१:३४

काठमाडौँ । अमेरिकी उच्चस्तरीय संसदीय टोली शुक्रबार काठमाडौँ आइपुगेको छ। पोल्याण्ड, जर्मनी, युएई, भारत हुँदै सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वको टोली तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आएको हो।

टोलीमा सिनेटर किर्स्टन जिलीब्रान्डसहित सिनेटर शेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स रहेका छन् ।

नेपाल अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण दुई देशबीच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण रहेको अमेरिकी दूतावासले जनाएको छ।

यो टोली आइतबारसम्म नेपाल रहेर राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने छ ।