१५ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार लम्साल एनआरएन अमेरिकाको प्रवक्तामा नियूक्त

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७९, मंगलवार ०१:५९

लण्डन । पत्रकार होमप्रसाद लम्साल गैरआवासिय नेपाली संघ अमेरिकाको प्रवक्ता नियूक्ति भएका छन । आईसिसिबाट गठित कृष्ण लामीछानेको नेतृत्वमा गठित कार्यसमितिमा लम्साल प्रवक्ता नियूक्ति भएका हुन ।

नेपालमा विगत डेढ दशक रेडियो नेपाल हुँदै ईमेज च्यानल टिभीमा कार्यरत पत्रकार लम्साल हाल नागरिक दैनिकमा अमेरिकाबाट कार्यरत रहेका छन । नेपाल पत्रकार महासंघ काठमाडोै, नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्य हुँदै केन्द्रिय उपाध्यक्ष भैइ काम गरेको अनुभव रहेको छ ।

नेपालको धादिड घर भएका लम्साल विगत २०१६ देखि अमेरिकामा रहँदै आउनु भएको छ । एनआरएनको स्थापनाकालदेखि एनआरएनएको बारेमा कलम चलाउँदै आएका लम्साल अन्तराष्र्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए ।