२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए अमेरिका विवाद सल्टाउने जिम्मा अध्यक्ष थापालाई

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७९, बिहीबार ०७:४१

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको विवाद सल्टाउने जिम्मा संघकी अध्यक्ष रविना थापालाई दिइएको छ ।

थापालाई संघको गतसाता सम्पन्न पदाधिकारी बैठकले पूर्णअधिकार सहित समस्याको समाधान गर्न अधिकार प्रदान गरेको हो ।
गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले संघको केन्द्रीय समितिको निर्देशन नमाने पछि उनलाई बर्खास्त गरि कृष्ण लामिछाने अध्यक्ष चयन भए पछि विवादले चर्को रुप लिएको छ ।
थापाले संघको पछिल्लो विवाद मिलाउन अध्यक्ष बुद्धि सागर सुवेदी लगायतसंग छलफल सुरु भैसकेको बताइन् ।

संघका अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले संघको आगामी आइसीसी बैठकले लामिछानेको कार्यसमितिलाई बैधानिकता दिने बताएका छन् ।

पटक पटकको निर्देशनलाई अवहेलना गरे पछि सुवेदीको सट्टामा लामिछानेलाई नियुक्ति गरिएको थियो ।

अध्यक्ष सुवेदीले गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले समूहले आयोजना गरेको महाधिवेशन समेत बैधानिक रहेको बताउँदै आएका छन् । उनले परराष्ट्र मन्त्रालयको निर्देशन मान्ने भन्दै संघको निर्देशनको अवमुल्यन गर्दै आएका छन् ।