७ जेष्ठ २०८१, सोमबार
Follow Us

स्थानीय तह निर्वाचन: ६८२ पालिकाको अन्तिम परिणाम, कांग्रेस ३०३, एमाले १८५

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७९, शुक्रबार २२:४७

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। हालसम्म ७५३ पालिकामध्ये ६८२ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ।

जसमा १ महानगरसहित २३७ नगरपालिका र ४४५ गाउँपालिकाको अन्तिम परिणाम आइसकेको छ।

नेपाली कांग्रेसले सबैभन्दा बढी एक महानगरसहित ११९ नगरपालिका र १८४ गाउँ पालिकामा प्रमुख पद जितेको छ।

यस्तै नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिकासहित १८५ पालिकामा प्रमुख पद जितेको छ।

नेकपा माओवादी केन्द्रले २१ नगरपालिका र ९६ गाउँपालिकासहित ११७ पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित १६ वटा पालिकामा प्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले २३ पालिकामा प्रमुख पद जित्दा लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिकामा प्रमुख पद जितेको छ।

अन्य २६ पालिकामा अन्य पार्टीले चुनाव जितेका छन्।