७ जेष्ठ २०८१, सोमबार
Follow Us

काठमाडौं महानगरमा बालेनको अग्रता यथावत्

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७९, शनिबार २३:४८

काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्पतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रालाई निरन्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो ११ बजेको मतपरिणाम अनुसार बालेनले १ लाख ३४ हजार मतगणना हुँदा ३६२२६ मत ल्याएका छन् ।

बालेनले आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा १६ हजार मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो समय एमालेका केशव स्थापितलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिहले उछिनेकी छिन् । स्थापित भन्दा सिह ६० मतले अगाडि रहेकी छिन् ।

कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९९१० मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले १९८५० मत पाएका छन् ।