८ जेष्ठ २०८१, मंगलवार
Follow Us

एनआरएनए महासचिव गौरी जोशीद्धारा ‘चाइल्ड हेल्थ केन्द्र’लाई ५० हजार अमेरिकी डलर सहयोग

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७९, बुधबार २३:५०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव गौरीराज जोशीले नेपालको एक चाइल्ड हेल्थ केन्दलाई ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले संघीय राजधानी काठमाण्डौ सहित सातै प्रदेशमा खुल्न लागेको ‘ईन्ट्री अफ चाइल्ड हेल्थ केन्द्र’लाई नेपाली समाज टेक्सास (एनएसटी) को पहलमा १ लाख ७१ हजार डलर सहयोग उपलब्ध गराउने क्रममा जोशीले सो सहयोग घोषणा गरेका हुन् । यस्तै डा अनुज कंडेलले समेत सो कार्यका लागि थप ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् ।

मंगलबार टेक्सास राज्यको अर्भिङ स्थित करि लिफ्ट रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनएसटीका पदाधिकारीको उपस्थितमा नेपालीहरूले उक्त सहयोग उपलब्ध गराएका हुन् ।

नेपालमा ओपन हार्ट सर्जरीको सुरुवात गराएका डा कोइरालाले स्थापना गर्न लागेको गैर नाफा मुलक ‘चाइल्ड हेल्थ केन्द्र’को अहिले काठमाण्डौ र झापाको दमकमा निर्माणकार्य सुरु भैसकेको छ भने बाँकी ७ वटै प्रदेशमा पनि छिट्टै कार्य सुरु हुने जनाइएको छ ।

सहिद गंगालाल अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको अस्पतालको रूपमा रूपान्तरण गर्न विशेष योगदान दिएका डा। कोइरालाले लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्न चाहेको बताउँदै आएका छन् । त्यसको लागि नै डा कोइरालाले २१ वर्ष अगाडि नै विशेष कोर्ष अध्ययन गरेका थिए ।

मंगलबार टेक्सासमा आयोजित कार्यक्रममा सामाजिक कार्यमा विशेषरुचि भएका गौरी जोशीले ५० हजार डलर, सहयोग गरेका थिए । उनले पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिरको लागी पनि बिगतमा ५० हजार डलर सहयोग गरिसकेका छन। जोशीले उक्त कार्यक्रममा आफुले बिगतमा नेपालमा दैबिकप्रकोप होस या कोरोना महामारी, अहिले सम्म २ मिलियन डलर सहयोग गरिसकेको बताउदै सामाजिक कार्यमा साथ दिन सबैलाई अनुरोध गरेका थिए ।

यस्तै डा अनुज कँडेलले ५० हजार डलर, प्रवेश ज्ञवालीले ३० हजार डलर, राजिव राज भाटले २५ हजार सहित कार्यक्रममा सहभागी अधिकांश नेपालीहरूले आफूले सकेको सहयोग उपलब्ध गराएका थिए ।नेपाली समाज टेक्ससको पहलमा गरिएको सो कार्यक्रममा प्रस्तोता सन्देश उप्रेतीले आफ्नु मिठो शैली मार्फत उपस्थित दर्शकको मन जित्न सफल भएका थिए। उप्रेती हाल नेपाली समाज टेक्ससका महासचिव हुन।

अध्ययन, रोजगार तथा अन्य विभिन्न कामको सिलसिलामा अमेरिकाको टेक्सास पुगेका नेपालीहरू आवद्ध नेपाली समाज टेक्सास ( एनएसटी) ले बाढीपहिरो, भूकम्प तथा कोरोना महामारीको समयमा समेत मातृभूमिको लागी उल्लेख सहयोग पुर्‍याउँदै आएको छ भने अमेरिकामै सहयोगको खाँचो रहेका नेपालीहरूलाई पनि उल्लेख सहयोग गर्दै आएको छ । सो कार्यक्रममा संस्थाका का अध्यक्ष राजेन्द्र वाग्ले, उपाध्यक्ष जनक भण्डारी लगायत सबैको उपस्थित रहेको थियो ।