१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

गठबन्धनभित्र ७ प्रकारका समस्या : नेपाल

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार १३:५८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र ७ प्रकारको समस्या देखिएको औँल्याएका छन् ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रस्तुत गर्दै उनले ७ प्रकारको समस्या देखिएको औँल्याएका हुन् ।

उनका अनुसार गठबन्धन गर्नै नचाहने, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमान्दारिपूर्वक भोट नहाल्ने, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र गठबन्धनमा रहेका दलहरुमा सहकार्यको भावना कमजोर हुने समस्या देखिएको थियो ।