४ असार २०८१, सोमबार
Follow Us

इन्धनको मूल्य वृद्धिको विरोधमा चक्काजाम

नेपालब्रिटेन संवाददाता
६ असार २०७९, सोमबार ०५:१२

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यवसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवंशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।