बैतडीमा ३ दिनदेखि बेपत्ता भएका एक जना पुरुष मृत अवस्थामा भेटिएका छन । बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभानसिंह बिष्टको शव पाटन–पञ्चेश्वर–मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित घाङल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिएका छन ।
उनी असार १ गतेदेखि बेपत्ता रहेका थिए । बिष्टको शव खोलामा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटिएको उनले जानकारी दिएका छन ।
बिष्टको हत्या गरी खोलामा फालिएको आशंका गरिएको छ । बिष्टको हत्या आरोपमा पाटन नगरपालिका–६ कै भागरथी बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनले पक्राउ समेत गरेको छ । मृतकका परिवारले यसअघि नै बिष्टले बेपत्ता पारेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।