१८ बैशाख २०८१, मंगलवार
Follow Us

राजदूत आचार्यलाई आयरल्याण्डको समेत थप जिम्मेवारी

नेपालब्रिटेन डट कम्
१३ असार २०७९, सोमबार १८:३९

लन्डन । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैर आवासीय राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले आचार्यलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेकी हुन् ।

बेलायतका लागि नेपालको २२ औँ राजदूतका रुपमा आचार्यले फेब्रुअरी तेश्रो साता पदबहाली गरेका थिए ।

राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्दै काम थालनी गरिसकेका छन् ।