२० कार्तिक २०८२, बिहीबार
Follow Us

रास्वपाको विस्तारित बैठक भोलिदेखि

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०८२, बिहीबार १३:१४

काठमाडौं । चितवनको सौराहामा शुक्रवारदेखि शुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ ।

बिहीवार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ ।

पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागि हुने पार्टी सचिवालय सदस्य हरी ढकालले बताए ।

उनकाअनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।

उनले भने– ‘भोलिको विस्तारित बैठकमा देशैभरीबाट ५ सय जनाहरु आउँदै हुनुुहुन्छ । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथिहरु सहभागि हुनुहुनेछ । म आफू बैठकको व्यवस्थापकीय जिम्मेवारीमा रहेको हुनाले विस्तारित बैठकलाई सम्पन्न गर्न सहयोग गर्नको लागि हार्दिक अपिल समेत गर्दछु ।’

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।

धेरै पढिएको