१ जेष्ठ २०८१, मंगलवार
Follow Us

सत्ता गठबन्धन बैठक : गैरआवासीय नेपालीलाई नागरिकता दिइने

नेपालब्रिटेन संवाददाता
३१ असार २०७९, शुक्रबार ०९:५४

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने गरी नागरिकता संशोधन विधेयक पारित गराउने तयारी गरेको छ ।

शुक्रबार बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले गैरआवासीय नेपालीले नागरिकता पाउने ‘ग्यारेन्टी’ गर्ने गरी संसदबाट विधेयक पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

“हामीले नागरिकता संशोधन विधेयक आजै संसदबाट पास गराउने तथा गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने गरी पास गराउने निर्णय गरेका छौँ,” पौडेलले भने ।

यस्तै, बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि परिमार्जन गर्ने विषयमा सहमति जुटेको छ । ६ सदस्यीय परिषदमा तीनजनाको उपस्थितिमा बैठक गर्न सकिने प्रावधानलाई सच्याएर साबिकबमोजिम नै बनाएर विधेयक अघि बढाउने सहमति भइसकेको उनले जानकारी दिए ।