६ जेष्ठ २०८१, आईतवार
Follow Us

गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : रामकुमारी झाँक्री

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७९, बिहीबार ०९:२३

बुटवल । नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सचिव एवं पूर्व मन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठावान नेता कार्यकर्तालाई मार पर्ने बताएकी हुन् ।

स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने उनको भनाइ छ । आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्, ‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटक पटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यस कारण म चुनाव जित्छु ।’

उनले एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक-फरक कुरा गरेर जनतालाई झुक्याएको आरोपसमेत लगाइन् ।