प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो।
रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन्। ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजाबेथका नेपाल भ्रमणको चर्चा गर्दै ट्विटमा भनेका छन्।
एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।
It is with great sadness I have received the news of her passing away. Queen Elizabeth II distinguished herself with duty, honour and service.
The Queen is fondly remembered in Nepal for her two important state visits in 1961 and 1986.— Sher Bahadur Deuba (@SherBDeuba) September 9, 2022