२९ असार २०८२, आईतवार
Follow Us

एनआरएनएको शुभकामना कार्यक्रमलाई महिला तथा बालबालिका मन्त्री रेग्मीले सम्बोधन गर्ने

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७९, शनिबार १८:५२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला पदाधिकारीहरुले छुट्टै वियजदशमी, दीपावली तथा छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

संघकी सचिव टिका गुरुङ्ग ९राधिका० का अनुसार विश्वभर छरिएका महिला, गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीबीच शुभकामना आदान – प्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्बोधन गर्ने जानकारी गुरुङ्गले दिएकी छन् ।

संघको महिला विभागले सो कार्यक्रममा आगामी अक्टोवर ३ तारिख भरर्चुअल मार्फत आयोजना गर्न लागेको हो । नेपाली समय अनुसार साँझ ५ बजे आयोजना हुने कार्यक्रममा गैरआवासीय नेपाली संघका पदाधिकारी, संघकी कार्यकारी अध्यक्ष रविना थापा, अध्यक्ष डा बद्री केसी, कुल आचार्य र पूर्वअध्यक्ष लगायत बिभिन्न देशका राष्ट्रिय समितिका पदाधिकारीहरुको समेत सहभागीता रहनेछ । आइतवार देखि कार्यकारी समाल्न लागेकी थापाले पहिलो कार्यक्रममा महिला मन्त्रीलाई आमन्त्रण गरेर आफ्नो कार्यकालको शुरुवात गर्ने भएकी छन् ।

धेरै पढिएको