९ जेष्ठ २०८१, बुधबार
Follow Us

चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७९, शुक्रबार ०४:११

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका-२ तल्लो मसिनेस्थित ध्यानकेन्द्रमा शुक्रबार बिहान साढे एक बजे पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

पहिरोले घर पुरिँदा काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा र डेढ वर्षीया छोरी सारफी रहेको प्रहरीले जनाएको छ । उनीहरूको शव बिहान ६ बजे निकालिएको छ ।