१० जेष्ठ २०८१, बिहीबार
Follow Us

बारा माओवादीमा बिद्रोह, सामूहिक राजीनामा

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७९, शुक्रबार १३:०४

इन्दिप कोइराला ।

नेकपा माओवादी केन्द्र बाराको क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा बाराको क्षेत्र नम्बर १ को क अन्य पार्टीलाई दिए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

माओवादी केन्द्रको कोल्हबीमा शुक्रबार बसेको निजगढ, कोहल्बी, बारागढी, सिम्रौनगढ पालिकाका नगर कमिटीका पदाधिकारीको बैठकले बारा निर्वाचन क्षेत्र १ को क गठबन्धनको मर्म अनुरुप समेत केन्द्रको भागमा आउनुपर्ने अनिहरुको भनाई रहेको छ ।

गठबन्धनको सिट भाग लगाउनका निम्ती गठन भएको मधेश प्रदेश कमिटीले गठबन्धनमा माओवादी केन्द्रलाई पन्छायर गएको दाबि गर्दै बारा निर्वाचन क्षेत्र १ को क नदिए सामुहिक राजनिनामा दिने र निर्वाचनको कुनैपनी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

तर बाराको क्षेत्र नम्बर १ को क मा भने नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले टिकट पाउने लगभक पक्का छ ।