२५ बैशाख २०८१, मंगलवार
Follow Us

सशस्त्र प्रहरी बलको ‘छैटौँ कमाण्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी सुरेश गैरे सर्वोत्कृष्ट

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७९, बिहीबार ०४:५५

सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौ“ कमाण्ड तथा स्टाफ कोर्षमा प्रहरी नायव उपरिक्षक सुरेश गैरे सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको छ । १८ महिने आवासीय कोर्ष प्रहरी संगठनको महत्वपूर्ण तथा उच्च स्तरीय तालिम अन्तर्गत पर्दछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नात्तकोत्तर तहको सुरक्षा विकास र शान्ति अध्ययन विषयक सो कोर्षका लागि १० जना छनोट भएका थिए । व्यवसायिक र एवं अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय महत्वका विषय, सुरक्षा, विपद व्यवस्थापन, कानून, द्वन्द्ध व्यवस्थापन, अर्थशास्त्रदेखि परारष्ट्र नीति लगायतका विषयमा तालिम अवधिभर प्रयोगात्मक र सैद्धान्तिक सिकाईका कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रहरी संगठनको नेतृत्व निर्माणका लागि यो तालिम निकै महत्वपूर्ण मानिन्छ । संगठनमा प्रतिभाशाली गैरेले यसअघि सशस्त्र प्रहरी संगठनकै तर्फबाट गैरेले अमेरिकाबाट आतंकवाद विरुद्धको रणनीति विषयमा स्नात्तकोत्तर गरेका थिए । सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, त्रिविका डिन प्रँध्यापक डा. कुसुम शाक्य नेपाल प्रहरी, नेपाली सेना लगायतका उच्चस्तरीय अधिकारी सम्मिलित आज आयोजित दिक्षान्त समारोहमा डीएसपी गैरे दिक्षित भएका हुन् । सुरेश गैरे नेपाली सांगितिक क्षेत्रमा पनि परिचित नाम हो । यहा“ देशको छ चिन्ता, मर्ने कसैलाई रहर हु“दैन लगायत ३५० भन्दा बढी गीतमा उनले संगीत भरेका छन् ।