२५ बैशाख २०८१, मंगलवार
Follow Us

चुनाव जित्न कांग्रेसको भोट चाहिदैन् : चित्र बहादुर केसी (भिडियो)

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७९, बिहीबार १५:४३

वलेवा । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपाली कांग्रेसको भोट नदिए पनि आफुले चुनाव जित्ने दावी गरेका छन् ।

केसीले पत्रकार रिषी धमलासंग दिएको अन्तरवार्तामा २०५४ सालमा आफुले १० हजार भोटको अन्तरले चुनाव जितेको भन्दै कांग्रेसको भोटको आवश्यकता नरहेको बताए ।
उनले भने ‘२०५६ मा मैले कांग्रेसलाई १० हजार मतले जितेको हो भने फेरी कांग्रेसले जिताउला भन्न मिल्छ ?’

बाग्लुङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका केसी बसाईसरेर रुपन्देही पुगेका छन् भने उनले स्थानीय निर्वाचनमा रुन्देहीबाट मतदान गरेका थिए ।

केसीलाई नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकले चुनौती दिएका छन् । पाठक स्थानीय रुपमा युवाहरुकाबीच लोकप्रीय छन् ।