७ जेष्ठ २०८१, सोमबार
Follow Us

राजदूत सुवेदीले बुझाए जापानका सम्राट नारुहितोसमक्ष ओहदाको प्रमाणपत्र

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७९, सोमबार २०:०८

काठमाडौँ । जापानका लागि नेपालका नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदीले ओहदाको प्रमाणपत्र बुझाएका छन् । राजदूत सुवेदीले सोमबार बिहान इम्पेरियल प्यालेसमा आयोजित एक समारोहमा सम्राट नारुहितोलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

ओहदाको प्रमाणपत्र बुझ्दै सम्राट नारुहितोले सुवेदीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने आशा राखेको टोकियोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले नारुहितोको सुस्वास्थ्य र जापानी नागरिकको समृद्धिको कामना गर्दै पठाएको सन्देश पनि सम्राट नारुहितोलाई सुनाएका थिए । राजदूत सुवेदीले जापानले निरन्तर नेपालको सामाजिक आर्थिक क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै धन्यवादसमेत प्रकट गरेका थिए ।